३० भदौ, काठमाडौं । हिन्दू राष्ट्र घोषणा गर्न माग गर्दै ४ युवाले १७ दिन आमरण अनशन गरेको स्थानमा कानुनमन्त्रीमाथि जुत्ता प्रहार भएको छ । अनशन तोडाउन भन्दै प्रधानमन्त्रीको पत्र लिएर अनसनस्थलमा पुगेका कानुनमन्त्री नरहरि आचार्यमाथि जुत्ता प्रहार भएको हो । मन्त्री आचार्यमाथि भिडबाट प्रहार भएको जुत्ता उनको टाउको माथिबाट गएको थियो । संयोगले मात्रै आचार्यलाई जुत्ताले लागेन । त्यसपछि अनसनस्थलबाट मन्त्रीमाथि ढुङ्गामुढा समेत प्रहार भएको थियो । सुरक्षाकर्मीले मन्त्री आचार्यलाई घेरा हालेर सुरक्षित रुपले त्यहाँबाट निकालेका थिए ।
वुधबार विहान प्रधानमन्त्री सुशील कोइरालासँग हिन्दू अभियन्ता तथा पूर्व सांसद शंकर पाण्डेको नेतृत्वमा गएको हिन्दूहरुको टोलीले भेट गरेको थियो । प्रधानमन्त्री दिउँसो अनशनस्थलमा पुगेर प्रतिबद्धता जनाउँदै अनशन तोड्ने सहमति भएको थियो । तर सहमतिअनुसार प्रधानमन्त्री नगएर प्रधानमन्त्रीको पत्र लिएर मन्त्री आचार्य पुगेका थिए । अनशनकारीले गरेको माग अनुसारको प्रतिबद्धता सरकारबाट नआएको र उल्टै संविधान सभाबाट पारित धर्म निरपेक्षताको व्याख्या गरेको पत्र लिएर आचार्य गएकोले अनशनस्थलका सहयोगीहरु आक्रोसित बनेका थिए ।
अनसन तोडाउन पुगेका कानून मन्त्री नरहरि आचार्य माथि आन्दोलनकारीहरुले ढुंगा मुढा गरेका छन् । बुधवार प्रधानमन्त्रीको पत्र लिएर अनसन स्थल खुल्ला मञ्च पुग्नु भएका कानून मन्त्री आचार्यले प्रधानमन्त्रीले पठाउनु भएको पत्र बाचन गरी अनसनकारी चार युवालाई आम हड्ताल तोड्न आग्रह गर्नु भएको छ ।
संविधान सभाबाट पारित भैसकेको संविधानको धर्म संम्बन्धि प्रावधानमा सनातन देखि चलि आएको धर्म र संस्कृतिको संरक्षण लागयत धार्मिक सांस्कृतिक स्वतन्त्राको रक्षा गरिएको प्रधानमन्त्रीको पत्रमा उल्लेख छ । नेपालको विपुल धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्पदाको संरक्षणको दिशामा यो एउटा महत्वपूर्ण उपलब्धी भएको प्रधानमन्त्रीद्वारा हस्ताक्षरित गरिएको पत्रमा उल्लेख छ । प्रधानमन्त्रीको पढेर सुनाइसकेपछि अनशनकारीलाई मन्त्री आचार्यले सो पत्र हस्ताणतरण गरेका थिए । पत्र हस्तान्तरण गरेर अनशनस्थलको मंचबाट बाहिर निस्किने क्रममा पछाडिको भिडबाट मन्त्रीलाई लक्षित गर्दै जुत्ता प्रहार भएको थियो । आन्दोलनकारीले मन्त्री आचार्यको गाडिमाथि समेत आक्रमणको प्रयास गरेका थिए । प्रहरीले तत्कालै आन्दोलनकारीलाई रोक्न सफल भएकोले कुनै अप्रिय घटना हुन सकेन ।
हेर्नुहोस् भिडियो पनि :











